आईपीएल २०२६ सीजन अघि सीएसके-ले जहीर खानलाई बनायो मुख्य प्रशिक्षक

IMG-20260922-WA0047

नयाँ दिल्ली: भारतीय क्रिकेट टोलीका पूर्व दिग्गज पेस बलर जहीर खानलाई चेन्नई सुपर किंग्स (सीएसके)-को मुख्य प्रशिक्षक नियुक्त गरियो। पाँचपल्टको आईपीएल च्याम्पियन सीएसके-ले सोशल मीडियाको माध्यमले जहीरको नियुक्तिको घोषणा गऱ्यो। जहीरले टोलीमा स्टीफन फ्लेमिंगको स्थान लिनेछन्, जसले आईपीएल २०२६ सीजनपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए। सीएसके र फ्लेमिंगले आपसी सहमतिमा अलग हुने फसेला गरेको थियो। फ्लेमिंगले बिदा लिएपछि सीएसके टोलीमा मुख्य प्रशिक्षक पद खाली रहेको थियो अनि यसपाली जहीरलाई यो जिम्मेवारी सुम्पिइएको छ। फ्लेमिंगले लामो समयदेखि सीएसके-मा मुख्य प्रशिक्षकको रूपमा आफ्नो सेवा दिएका थिए तर आईपीएल २०२६ सीजनको केही समयपछि उनले टोलीको साथ छोड़ने फसेला गरेका थिए। न्यूजील्याण्डका पूर्व कप्तान तथा दिग्गज ब्याटर फ्लेमिंग साल २००८-मा आईपीएलको पहिलो सीजनमा एकजना खेलाड़ीको रूपमा सीएसके-मा सामेल भएका थिए। त्यसपछि २००९-मा उनी टोलीका मुख्य प्रशिक्षक बनेका थिए। गत १७ सालमा फ्लेमिंग र सीएसके-बीच मजबूत साझेदारी रह्यो अनि उनको उपस्थितिमा टोलीले सफलताको नयाँ उँचाई छोयो। फ्लेमिंग मुख्य प्रशिक्षक रहँदा सीएसके-ले ५ पल्ट आईपीएल ट्रफी अनि २ पल्ट च्याम्पियन्स लीग टी२०-को खिताब जित्यो। यतिमात्र नभएर टोलीले रेकर्ड १२ पल्ट आईपीएलको प्लेअफ्-मा स्थान बनायो अनि १० पल्ट फाइनल पनि खेल्यो।
सीएसकेको टोली अन्तिमपल्ट २०२३-मा आईपीएल च्याम्पियन बनेको थियो। त्यसपछि चाहिँ टोलीको प्रदर्शन निराशाजनक रहेको छ। सीएसकेले लगातार ३ सीजनमा आईपीएल प्लेअफ्-को निम्ति क्वालीफाई गर्न सकेन। साल २०२४, २०२५ र २०२६-मा टोलीको अभियान ग्रुप चरणमै समाप्त भएको थियो। साल २०२४-मा सीएसके पाँचौं, २०२५-मा सबैभन्दा तल दशौं र २०२६-मा आठौं स्थानमा रहेर टोलीले आईपीएल अभियान समाप्त गरेको थियो। अहिले आउँदो सीजन अघि कोचिंगमा बद्लाउले टोली आईपीएल २०२७-मा असाधारण तयारीको साथ पुनरागमन गर्ने तयारीमा जुटेको संकेत प्राप्त हुन्छ। यसबाहेक जहीर समक्ष यस टोलीलाई त्यही उँचाईमा पुऱ्याउने चुनौती रहनेछ, जसले गर्दा टोलीले ख्याति अर्जन गरेको छ। साल २०१७-मा आईपीएलबाट सन्न्यास लिएपछि जहीरले अलग-अलग भूमिकामा काम गरेका छन्। आईपीएलमा ३ वटा टोली (रोयल च्यालेञ्जर्स बेंगलुरु, मुम्बई इण्डियन्स र दिल्ली डेयरडेविल्स)-बाट खेलिसकेपछि उनलाई आईपीएल २०१९ अघि मुम्बई इण्डियन्सको क्रिकेट अपरेशन निदेशक बनाइएको थियो। उनी पछिबाट टोलीका ग्लोबल डेवलपमेण्ट हेड पनि बनेका थिए। उनलाई आईपीएल २०२५-को निम्ति लखनऊ सुपर जाइण्ट्सको मेण्टर नियुक्त गरिएको थियो अनि अघिल्लो सीजनमा उनी यस फ्रेञ्चाइजीसँग अलग भएका थिए। एकजना खेलाड़ीको रूपमा जहीरले १०० वटा आईपीएल म्याच खेलेर १०२ विकेट लिएका छन्। यो उनको असाधारण भारतीय करियरको एउटा हिस्सा थियो, जसमा उनले सबै प्रारूपमा जम्मा ६१० विकेट लिएका छन्।

About Author

Advertisement