बीरपाडा: मदारीहाट खण्डअन्तर्गत बङ्गाबारी क्षेत्रमा आज एसडीओद्वारा जातीय प्रमाणपत्र प्रदान गरियो| गत शनिबार मदारीहाट ग्राम पञ्चायत क्षेत्रमा द्वारे सरकार शिविरको आयोजन गरिएको थियो| राज्य सरकारको विभिन्न प्रकल्प अनि परिसेवा उपलब्ध गराए पश्चात जातीय प्रमाणपत्र आवश्यक हुनेहरूलाई उक्त जरूरी दस्तावेज तयारी राख्ने घोषणा गरिएको थियो| आज बङ्गाबारी अनि मुजनाई चियाबारी क्षेत्रका मानिसहरूलाई अलिपुरद्वार एसडीओद्वारा घर घरमा जातीय प्रमाणपत्र वितरण गरियो|
आज मदारीहाट खण्ड प्रशासनद्वारा बङ्गाबारी क्षेत्रमा जातीय प्रमाणपत्र प्रदान गर्न एउटा अलगै शिविरको आयोजन गरिएको थियो| मदारीहाट खण्ड विकास अधिकारी सेरोन तामाङ, अलिपुरद्वार एसडीओ विप्लव सरकार, अनि बेकवर्ड क्लासेस इन्स्पेक्टरले ४३ जना अवेदानकारीहरूलाई तिनीहरूको घरमा भेटेर आवेदनपत्र सङ्ग्रह गरि तुरुन्तै तिनीहरूलाई जातीय प्रमाणपत्र प्रदान गरेका छन्| जसमा विद्यार्थीहरूलाई पनि उक्त जातीय प्रमाणपत्र प्रदान गरिएको सेरोन तामाङले जनाएकी छन्|