४ वटा देशी पिस्तोलसहित एकजना पक्राउ

IMG_20220530_204243.png

अलिपुरद्वार। एकजना व्यक्ति ४ वटा देशी पिस्तोल पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिलाई आज अदाललमा उभ्याइयो। पक्राउ परेका व्यक्ति अलिपुरद्वारको सामुकतला निवासी दीपक झा-को रुपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान अलिपुरद्वार संलग्न बीरपाडा चौपत्ती इलाकाको एउटा पेट्रोल पम्पअघि पुलिसले अभियान चलाएर उक्त व्यक्तिलाई रोकेर छानबीन गर्दा ४ वटा देशी पिस्तोल उद्धार गरेको बताइएको छ। बिहारबाट पिस्तोल ल्याएर उत्तरबंगको विभिन्न जिल्लाहरूमा बिक्री गर्ने उक्त व्यक्तिको योजना रहेको थियो। जिल्ला पुलिस सुपर कार्यालयमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर अलिपुरद्वारको अतिरिक्त पुलिस सुपर अम्लान घोषले यसबारे जानकारी दिएका छन्।

About Author

Advertisement