उपचुनावको विवादलाई लिएर दिलीप घोषको तृणमूलमाथि कटाक्ष: ‘एक सातामै सिद्धियो सिङ्गो पार्टी’

images (2)

​काेचबिहार: पश्चिम बङ्गालका पञ्चायत तथा ग्रामीण विकास मन्त्री दिलीप घोष काेचबिहार जिल्लासँग सम्बन्धित पञ्चायत विभागको महत्त्वपूर्ण बैठकमा सहभागी हुन आइतबार कुचबिहार पुगेका छन्।
​आइतबार बिहान सागरदिघी परिसरमा आयोजित ‘चियामा चर्चा’ कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री घोषले कुचबिहारका जनतालाई धन्यवाद दिन आफू यहाँ आएको बताए। तृणमूल काङ्ग्रेसभित्र उपचुनावको उम्मेदवार चयनलाई लिएर भइरहेको आन्तरिक किचलोतर्फ लक्षित गर्दै उनले भने, “एक हप्ता पनि लागेन, एउटा सिङ्गो पार्टी सिद्धियो।”
​मन्त्री घोषले धाँधली, रकम लेनदेन र भ्रष्टाचारमार्फत बङ्गाललाई क्षतविक्षत पार्ने प्रयास गरिएको आरोप समेत लगाए। “जनताले अवसर पाउनेबित्तिकै त्यसको उपयुक्त जवाफ दिइसकेका छन्,” उनले भने, “केही नेताहरूले अझै पनि बयानबाजी गरिरहेका छन्, तर त्यसको अब कुनै अर्थ र फाइदा छैन।”
​कथित भ्रष्टाचारको मुद्दाबारे बोल्दै उनले थपे, “यस मामिलामा छानबिन तीव्र गतिमा अघि बढिरहेको छ र धेरै जना पक्राउ परिसकेका छन्। भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिलाई पनि कुनै हालतमा छुट दिइने छैन।”

About Author

Advertisement