छात्रासँग दुर्व्यवहार गरेको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ

5079.jpg

जलपाइगढी: आठौं कक्षाकी छात्रासॅंग दुर्व्यवहारको गरेको आरोप हाई स्कुलका एक सहायक प्रधानाध्यापकमाथि लागेको छ। यो घटनापछि चालसा स्कूलपाडा क्षेत्रमा तनाउको माहोल देखियो। पुलिसले आरोपित शिक्षकलाई हिरासतमा लिएको छ।शिक्षककी पत्नीले तर यो सबै आरोपहरू झूटो रहेको बताएकी छन्। जानकारी अनुसार, चालसा स्कूलपाडामा बुधवार राति काली पूजाको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो। मदपान गरेर शिक्षकले छात्रासॅंग दुर्व्यवहार गरेको आरोप छ। घटनाको खबर फैलिएपछि छात्राका परिजन र स्थानीय मानिसहरूले आरोपित शिक्षकको घर घेराउ गरेर हंगामा गरे।
पुलिसले आरोपित शिक्षकलाई हिरासतमा लिएको छ। पीडितकी आमाले शिक्षक विरूद्ध कारबाहीको माग गरेकी छन्। अर्कोतिर, शिक्षकमाथि लागेका सबै आरोपहरू अस्वीकार गर्दै उनकी पत्नीले उनको पतिलाई फसाउने षडयन्त्र गरिएको आरोप लगाएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement