मेची नदी किनाराबाट एउटा मृतदेह फेला पर्यो

Mechi_bridge.2e16d0ba.fill-650x500.jpg

सिलगढी: खोरीबाडी प्रखण्डको पानीट्याङ्कीको गौरसिंह जोत क्षेत्रको मेची नदीबाट एक व्यक्तिको मृतदेह बिहीवार फेला परेको छ। फेला परेको मृतकको पहिचान भने हुन सकेको थिएन। जानकारी अनुसार, भारत-नेपाल सीमा निवासी स्थानीय मानिसहरूले मेची नदीको किनारमा एउटा मृतदेह देखे। लगत्तै स्थानीयहरूले यसको सूचना खोरीबाडी पुलिसलाई दिए। सूचना पाएर खोरीबाडी पुलिस घटना स्थल पुगे अनि मृतदेह आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठाए।
पुलिसको प्राथमिकी अनुसार सीमा पार गर्ने क्रममा नदीमा चिप्लिएर उक्त व्यक्तिको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। घटनाको जॉंच शुरू गरिएको छ।

About Author

Advertisement