सिलगढी। वामफ्रण्टले सिलगढी महकुमा परिषद्को चुनाउको निम्ति आफ्नो प्रार्थीहरूको तालिका जारी गरेको छ। सिलगढी महकुमा परिषद्को चुनाउ आगामी २६ जुनमा हुने भएको छ। जिल्ला वाम संयोजक जिवेश सरकारले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर प्रार्थीहरूको नाम घोषणा गरेका छन्। यस अवसरमा वामका शीर्ष नेता अशोक भट्टाचार्य, गौतम घोष, समन पाठक लगायत अन्य उपस्थित थिए। जिवेश सरकारले तृणमूल र भाजपाको विरोधी सबै राजनीतिक दलहरूलाई आगामी महकुमा परिषद् चुनाउमा एकैसाथ चुनाउ लड्ने आह्वान पनि गरे। तिनले भने, महकुमा परिषद्को ९ वटा आसनमध्ये ८ वटा आसनमा वाम प्रार्थी खडा गरिने भएको छ। यसपछि ग्राम पञ्चायतको मामिलामा कङ्ग्रेससित आसनबारे कुराकानी गरेपछि सम्पूर्ण प्रक्रिया चरणवद्ध रुपमा अघि बढाउनेछौँ।