२५० परिवार भाजपामा सामेल

IMG_20221027_202728.jpg

अलिपुरद्वार: पञ्चायत चुनाव अघि विभिन्न दलका समर्थकहरू भाजपामा सामेल हुने क्रम जारी छ, यसै क्रममा बिहीबार दिउँसो फलाकाटा ब्लकको धनीरामपुर नम्बर दुई ग्राम पञ्चायत क्षेत्रमा विभिन्न दलका सयौं परिवार भारतीय जनता पार्टीमा सामेल भए। उक्त कार्यक्रममा फलकाटाका भाजपा विधायक दीपक बर्मन, भाजपा जिल्ला सचिव अघोरनाथ राई, १३ नम्बर मण्डलका अध्यक्ष बंकिमचन्द्र राई डाकुआ, भाजपा नेता सुदीप राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।यस अवसरमा भाजपा नेताहरूले आज यस क्षेत्रका विभिन्न दलका २५० परिवार भारतीय जनता पार्टीमा प्रवेश गरेको बताए। यी मानिसहरूको सामेल हुने सम्बन्धमा फलकाटाका बीजेपी विधायक दीपक बर्मनले भने, “भाजपा तृणमूलको कुशासन अन्त्य गर्न प्रतिबद्ध छ। भविष्यमा धेरै मानिसहरू भाजपामा सामेल हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement