गोरुबथान: नेउरा रेन्ज कालिम्पोङ बन विभागको तत्वावधानमा १७ सितम्बर देखि १० अक्टोबरसम्म विभिन्न किसिमका जन चेतनामूलक कार्यक्रमहरु गरिने भएको छ। हिजो १७ सितम्बरको दिन भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवमा नेउरा रेन्ज अफिसमा नेउरा रेन्जका अधिकारीगण तथा सम्पुर्ण कर्मचारीहरुले साँझमा दियो बालेर मनाए। १८ सितम्बरको दिन स३वा संकल्प अभियान अन्तर्गत जनसाधारणलाई वन्य जन्तुको संरक्षण गर्न पर्ने र वन्य जन्तुको हत्या, अवैध व्यापार तथा वन्य जन्तु लाई हानी पुर्याउनले वन्यजन्तु संरक्षण अधिनियम १९७२ (वाइडलाइफ प्रोटेक्सन एक्ट १९७२) अन्तर्गत कडा कानुनी कारबाही हुने जानकारी गराउनलाई माइकिङ गरियो।आगामी दिनमा निम्नलिखित जग्गाहरुमा क्याम्प राखेर जनसाधारणलाई विरुवा वितरण गरिने भएको छ। ३ अक्टोबरको दिन सोमबारे बजार,०९ अक्टोबरको दिन दालिम बन बस्ती, साखाम बन बस्तीमा २१ सितम्बर,बुडीखोला बन बस्तीमा २७ सितम्बर सेरमाली खासमलमा ३० सितम्बर र आहाले खासमलमा ०६ अक्टोबरको दिन विभिन्न प्रजातिका बिरुवा वितरण गरिने जानकारी प्राप्त भएको छ।बन विभागको जनमुखी सेवाहरु निरन्तर चलिरहेको छ। जंगली हात्ती खेदाउने एलोफेन्ट स्कवाइडले हर रात पेट्रोलिङ गर्ने गरेको छ।गोरुबथान क्षेत्रमा साँप निस्किएमा बन विभागबाट कर्मचारीहरु आएर साँप उद्धार गर्ने गरेको छ। नेउरा रेन्जका वन विभागको कार्यप्रति गोरुबथानका जनसाधारण धेरै नै खुशी रहेको छ।





