सिलगढी। दार्जिलिङका सांसद् राजू बिष्टले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मोत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सांसद बिष्टले प्रधानमन्त्री मोदीलाई आफ्नो जीवनको प्रत्येक पल देश र देशबासीको सेवामा समर्पित गर्ने एक दूरदर्शी नेताका रूपमा उल्लेख गरेका छन्। उनले दार्जिलिङ पहाड, तराई, डुवर्स र उत्तर बंगालका सम्पूर्ण जनताका तर्फबाट प्रधानमन्त्रीको सुस्वास्थ्य, शक्ति र दीर्घायुको कामना गरेका छन्।
सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै सांसद बिष्टले प्रधानमन्त्रीको अटल संकल्पले एक सबल, समृद्ध र विकसित भारत निर्माणका लागि निरन्तर प्रेरणा दिइरहने बताएका छन्। प्रधानमन्त्री मोदीको राष्ट्रप्रतिको समर्पण र निष्ठा करोडौँ भारतीयहरूका लागि प्रेरणाको स्रोत भएको सन्देशमा उल्लेख छ।





