काठमाडौं: प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार शिष्टाचार भेटवार्ता भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को यस कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारले देखाएको ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपद्का कारण नेपाली तथा विदेशी दुवै नागरिक प्रभावित भएको बताउनुभयो। प्रधानमन्त्री शाहले उक्त घटना जलवायु परिवर्तनका परिणामस्वरूप भएको उल्लेख गर्दै जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसका प्रभावसँग जुध्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई अझ सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।
भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले यस कठिन समयमा नेपाल सरकार र नेपाली जनतासँग अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो।





