असमका मुख्यमन्त्रीद्वारा उत्तराखण्डका मुख्यमन्त्रीलाई जन्मदिवसको शुभकामना

FB_IMG_1789581771451

​गुवाहाटी: असमका मुख्यमन्त्री हिमन्त विश्व सरमा उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई जन्मोत्सवको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
​सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री सरमाले ‘देवभूमि’ उत्तराखण्डको पवित्रता जोगाउन र राज्यको सर्वाङ्गीण विकासका लागि मुख्यमन्त्री धामीले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका छन्।
​मुख्यमन्त्री सरमाले आमा कामाख्या र महापुरुष श्रीमन्त शङ्करदेवको चरणमा प्रार्थना गर्दै मुख्यमन्त्री धामीको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

About Author

Advertisement