​५ किलोमिटर इन्जिनियर्स डे रनको उपाधि ओज्जेश्वरी र संयोगलाई, १० किमी ओपनमा अञ्जुली र विवेक प्रथम

photocollage_202691704812809

​गान्तोक: राष्ट्रिय इन्जिनियर्स दिवसको अवसरमा एसोसिएसन अफ शेर्पा इन्जिनियर्स एन्ड आर्किटेक्ट्सद्वारा गत सेप्टेम्बर १२ मा आयोजित ‘५ किमी इन्जिनियर्स डे रन’ को महिलातर्फ सिङतामकी ओज्जेश्वरी राई प्रथम भएकी छन्। सोही दौडको पुरुषतर्फ संयोग राईले उपाधि जितेका छन्।
​यस्तै, प्रतियोगिताको ‘१० किमी ओपन’ विधातर्फ अञ्जुली सुब्बा र विवेक क्षेत्री विजेता बनेका छन् भने ‘५ किमी ओपन’ विधातर्फ बन्धन सुब्बा र सञ्जित राई प्रथम हुन सफल भएका छन्।
​सेप्टेम्बर १५ मा मनन केन्द्रमा आयोजित राष्ट्रिय इन्जिनियर्स दिवस समारोहका अवसरमा मुख्यमन्त्रीको हातबाट सबै विजेताहरूले ट्रफी तथा पुरस्कार ग्रहण गरेका छन्।

About Author

Advertisement