गोरामुमो खरसाङ ब्राञ्च कमिटीको सांगठनिक सभा सम्पन्न

IMG-20260916-WA0108

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको महत्वपूर्ण सांगठनिक सभा ब्राञ्च कमिटी अध्यक्ष निमा लामाको अध्यक्षतामा सम्पन्न भएको छ। सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने तथा संगठनलाई स्थानीय स्तरसम्म सुदृढ गर्दै लैजाने विषयमा सभामा विस्तृत छलफल गरिएको थियो। ब्राञ्च कमिटीका सचिव युद्ध छेत्रीले सञ्चालन गरेको सभामा ब्राञ्च कमिटीका प्रतिनिधिहरू, भ्रातृसंगठनका प्रतिनिधिहरू तथा विभिन्न समष्टिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सभाका क्रममा संगठन विस्तारसँगै वर्तमान राजनीतिक परिस्थितिका विविध पक्षमाथि समेत गहन परिचर्चा गरिएको थियो। पार्टीको सांगठनिक आधारलाई थप मजबुत बनाउँदै कार्यकर्ताहरूलाई सक्रिय एवं व्यवस्थित रूपमा परिचालन गर्ने विषयमा प्रतिनिधिहरूबीच विचार विमर्श भएको बताइएको छ।यसै क्रममा ब्राञ्च कमिटीको आयोजनामा आगामी दिनमा सम्पन्न गरिने पार्टीका विभिन्न कार्यक्रमहरूलाई सफलतापूर्वक सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। कार्यक्रमहरूको तयारी, सांगठनिक समन्वय तथा कार्यकर्ताहरूको भूमिकालाई लिएर ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले आवश्यक दिशानिर्देशन दिएका थिए। सभाले संगठनलाई थप गतिशील बनाउँदै आगामी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा अघि बढाउने दिशामा प्रतिनिधिहरूबीच समन्वय र सक्रिय सहभागिताको आवश्यकतामा जोड दिएको छ। गोरामुमो खर्साङ ब्राञ्च कमिटीले आगामी दिनमा संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई निरन्तरता दिँदै लैजाने संकेतसमेत सभामार्फत् दिएको छ।

About Author

Advertisement