ह्यारी ब्रूकको अविजित शतकले श्रीलंकाविरुद्ध ईंग्ल्याण्डको एकतर्फी जीत

IMG-20260916-WA0065

साउथम्प्टन: ईंग्ल्याण्डले श्रीलंकालाई पहिलो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा ११९ रनको ठूलो अन्तरले पराजित गरी ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। साउथम्प्टनको रोज बोउलमा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै ईंग्ल्याण्डले कप्तान ह्यारी ब्रूकको शतकीय ईनिंग्सको सहायताले २० ओभरमा ४ विकेटमा २५४ रनको विशाल स्कोर बनायो। जवाफमा श्रीलंकाई टीम १९ ओभरमा केवल १३५ रन बनाएर अलआउट भयो। ईंग्ल्याण्डको यस जीतमा कप्तान ब्रूक नायक रहे, जसले अविजित ११४ रन बनाए। उनले ४९ बलको सामनी गरी १० वटा चौका र ६ वटा छक्का लगाए। यसरी ओपनर जोस बटलर चाहिँ शतकदेखि चुके। बटलरले ४४ बलमा ८० रन बनाए। उनले ८ वटा चौका र ३ वटा छक्का लगाए। ईंग्ल्याण्डको निम्ति टी२० प्रारूपमा पदार्पण गर्ने अनेउरिन डोनाल्ड केवल १२ रन बनाएर तेस्रो ओभरमै आउट भए पनि बटलर र ब्रूकले दोस्रो विकेटको निम्ति १० ओभरमा १२८ रनको साझेदारी गरी स्कोर १५९ रनसम्म पुऱ्याए। त्यहाँबाट ब्रूकले टम बेण्टन र विल ज्याक्ससँग मिलेर टोलीको स्कार २५४ रनसम्म पुऱ्याए। बेण्टनले १० र ज्याक्सले अविजित २१ रन बनाए। म्याच जित्न २५५ रनको विशाल लक्ष्यलाई पीछा गर्दै श्रीलंकाले शुरुदेखि नै लगातार अन्तरालमा विकेट गुमायो। खराब शुरुवातपछि ३२ रनमै ३ विकेटको पतन हुँदा श्रीलंकाले म्याचलाई नियन्त्रणमा राख्न सकेन। यसैकारण टोलीले पूरा २० ओभर पनि खेल्न सकेन। अलराउण्डर दुनिथ वेल्लालेगेले सर्वाधिक ३३ रन बनाए। उनले २१ बल खेलेर ४ वटा चौका र २ वटा छक्का लगाए। यसबाहेक दासुन शनाकाले २४ र इशान मलिंगाले अविजित १३ रनको योगदान दिए। ईंग्ल्याण्डका बलरहरूमा सोनी बेकरले सर्वाधिक ३ विकेट लिए। यसरी लियम डसन र जेमी ओवरटनको खातामा २-२ विकेट रह्यो। म्याच जिताउने शतकीय ईनिंग्सको निम्ति ईंग्ल्याण्डका कप्तान ब्रूकलाई प्लेयर अफ द म्याच चयन गरियो।

About Author

Advertisement