ब्यूनस आयर्स: लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरिसकेका छन् तर अर्जेण्टिनाको जर्सीमा उनको एउटा अन्तिम अध्याय बाँकी रहेको हुनसक्छ। अर्जेण्टिना फूटबल संघले ६ अक्टोबरमा ब्यूनस आयर्समा बेनिनविरुद्ध खेलिने मैत्री म्याचको निम्ति मेस्सीलाई २८ सदस्यीय टोलीमा सामेल गरेको छ। त्यो म्याच अर्जेण्टिनाका महानतम खेलाड़ीहरूमा सामेल मेस्सीको विदाई म्याच हुन सक्ने चर्चा रहेको छ। मेस्सी स्वयंले चाहिँ अहिलेसम्म त्यस म्याचमा खेल्ने आधिकारिक पुष्टि गरेका छैनन्। यसबीच अर्जेण्टिना फूटबल संघका अध्यक्ष क्लाउडियो तापियाले बताएअनुसार, यस स्टार खेलाड़ीले म्याचको निम्ति निमन्त्रण स्वीकार गरेका छन्। यसरी मेस्सी मैदानमा ओर्लिए त्यो उनको अर्जेण्टिनाको जर्सीमा अन्तिम म्याच हुन सक्नेछ। एएफए-का अध्यक्ष तापियाले बताएअनुसार, उनले मुख्य प्रशिक्षक लियोनल स्कालोनीसँग कुराकानीपछि मेस्सीलाई यस म्याचको निम्ति आमन्त्रित गर्ने फसेला लिएका थिए। तापियाले भनेका छन्, सीनियर राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीसँग कुराकानीपछि हामीले विश्वका सर्वश्रेष्ठ खेलाड़ी, हाम्रो आदर्श अनि हाम्रो कप्तान लियोनल मेस्सीलाई आमन्त्रित गर्ने फसेला गऱ्यौं। हामी उनलाई ६ अक्टोबरमा यादगार बिदाई दिन चाहन्छौं, जसको उनी हकदार छन्।
मेस्सीको कप्तानीमा अर्जेण्टिनाले २०२२ फिफा विश्व कपको खिताब जितेको थियो। कतरमा भएको त्यस विश्व कपमा मेस्सीले आफ्नो टोलीलाई च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यसपछि अर्जेण्टिनाले मेस्सीकै कप्तानीमा २०२६ फिफा विश्व कपमा पनि फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा चाहिँ अर्जेण्टिनाले स्पेनविरुद्ध १-०-ले हारको सामना गर्नु परेको थियो। फाइनल म्याचको केही समयपछि मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरेका थिए। मेस्सीले ३१ अगस्तमा सोशल मीडियामा एउटा लामो पोस्टको माध्यमले आफ्नो फसेलाको जानकारी दिेका थिए। मेस्सीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यासको घोषणा गरे पनि क्लब फूटबलमा खेल्न जारी राखेका छन्। उनले मेजर लीग सकरमा इण्टर मियामीको तर्फबाट यस सीजनमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।





