मिस एसिया प्यासिफिक इन्टरनेसनलमा भारतको प्रतिनिधित्व गर्दै सिक्किमकी योदेनला भुटिया

FB_IMG_1789569510029

मुख्यमन्त्री तामाङद्वारा शुभकामना व्यक्त

​गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले श्रीबादम निवासी साङ्गे छोपेल भुटियाकी सुपुत्री मिस योदेनला भुटियासँग आफ्नो सरकारी निवासमा शिष्टाचार भेटघाट गरेका छन्।
​भेटघाटका क्रममा मुख्यमन्त्री गोलेले योदेनला भुटियालाई आगामी मिस एसिया प्यासिफिक इन्टरनेसनल प्रतियोगितामा भारतको तर्फबाट प्रतिनिधित्व गर्न लागेकोमा खुसी व्यक्त गर्दै हार्दिक बधाई तथा शुभकामना सन्देश दिएका छन्। यो प्रतिष्ठित प्रतियोगिता आगामी २३ सेप्टेम्बरदेखि १० अक्टोबरसम्म फिलिपिन्सको सेबु शहरमा आयोजना हुँदैछ।
​मुख्यमन्त्री गोलेले आफ्नो सन्देशमा भनेका छन्, “योदेनलाले सिक्किमको गरिमा, सौन्दर्य र उच्च भावनालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्दै राज्य र देश दुवैको नाम उच्च राख्नेछिन् भन्ने मैले पूर्ण विश्वास लिएको छु।” उनले योदेनलाको यस महत्त्वपूर्ण र प्रतिष्ठित यात्राको पूर्ण सफलताको कामना समेत गरेका छन्।

About Author

Advertisement