गान्तोक: गणेश छेत्रीले मङ्गलबार गान्तोकस्थित टाशीलिङ सचिवालयमा आयोजित एक विशेष समारोहका बिच सिक्किम राज्य विद्युत् नियामक आयोग (एसएसईआरसी) को अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले छेत्रीलाई पद, गोपनीयता तथा संविधानप्रतिको निष्ठाको शपथ दिलाउनुभएको हो।

उक्त शपथ ग्रहण समारोहमा एसएसईआरसीकी सचिव ग्लोरिया नाम्चु, कानुन विभागका सचिव सूरज छेत्री, गृह विभागका सचिव तेन्जिङ काल्योन, एसएसईआरसीका कानुन सदस्य टेम्पो ग्याल्छो भोटिया, एसएसईआरसीका प्रधान निर्देशक पाल्चेन डी. छाक्था र विद्युत् विभागका प्रधान मुख्य अभियन्ता भानु बी. शर्मालगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।





