गणेश छेत्रीद्वारा सिक्किम राज्य विद्युत् नियामक आयोगको अध्यक्ष पदको शपथ ग्रहण

FB_IMG_1789501149633

​गान्तोक: गणेश छेत्रीले मङ्गलबार गान्तोकस्थित टाशीलिङ सचिवालयमा आयोजित एक विशेष समारोहका बिच सिक्किम राज्य विद्युत् नियामक आयोग (एसएसईआरसी) को अध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
​सिक्किम सरकारका मुख्य सचिव आर. तेलाङले छेत्रीलाई पद, गोपनीयता तथा संविधानप्रतिको निष्ठाको शपथ दिलाउनुभएको हो।

​उक्त शपथ ग्रहण समारोहमा एसएसईआरसीकी सचिव ग्लोरिया नाम्चु, कानुन विभागका सचिव सूरज छेत्री, गृह विभागका सचिव तेन्जिङ काल्योन, एसएसईआरसीका कानुन सदस्य टेम्पो ग्याल्छो भोटिया, एसएसईआरसीका प्रधान निर्देशक पाल्चेन डी. छाक्था र विद्युत् विभागका प्रधान मुख्य अभियन्ता भानु बी. शर्मालगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement