गान्तोकमा राज्यस्तरीय राष्ट्रिय अभियन्ता दिवस २०२६ आयोजना

FB_IMG_1789500287204

मुख्यमन्त्री तामाङद्वारा अभियन्ताहरूको योगदानको उच्च प्रशंसा

​गान्तोक: राजधानीको मनन केन्द्रमा मंगलबार राष्ट्रिय अभियन्ता दिवस २०२६ को राज्यस्तरीय समारोह भव्य रूपमा आयोजना गरियो। समारोहमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
​समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सम्पूर्ण अभियन्ता समुदायलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। भारत रत्न सर एम. विश्वेश्वरैयाको जयन्तीको स्मरण गर्दै उहाँले मेहनत, अनुशासन र सिर्जनशीलताबाट प्रेरणा लिन आह्वान गर्नुभयो। उहाँले सिक्किमको सडक, पुल, खानेपानी, विद्युत् तथा सञ्चार क्षेत्रको विकासमा वरिष्ठ तथा अवकाशप्राप्त अभियन्ताहरूले पुर्याएको योगदानको स्मरण गर्नुभयो। युवा अभियन्ताहरूलाई अग्रजको अनुभवबाट सिक्दै नयाँ प्रविधि र नवीनतालाई आत्मसात् गर्न र ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ निर्माणमा जुट्न उहाँले आग्रह गर्नुभयो।
​कार्यक्रममा राज्य सरकारले अभियन्ताहरूको कल्याणका लागि प्रशासनिक जिम्मेवारी सुम्पिने र अस्थायी युवा अभियन्ताहरूलाई नियमित गर्ने कदम चालिरहेको जानकारी दिइयो। समारोहमा सिक्किमको विकासमा पुर्याएको योगदानको कदर गर्दै अवकाशप्राप्त अभियन्ता, वास्तुविद् तथा ठेकेदारहरूलाई सम्मान गरिनुका साथै फुटसल तथा दौड प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरियो।

About Author

Advertisement