सोनादामा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषधि दुर्व्यवसनमाथि सचेतना कार्यक्रमसितै कलेजको पत्रिका लोकार्पण

IMG-20260915-WA0075

सोनादा: सोनादा ट्राफिक पुलिस साथै सोनादा पुलिस आउट पोष्टकाे संयुक्त आयोजनामा सेलेसियस कलेजको प्रेक्षागृहमा सेफ ड्राइभ सेभ लाइफ अनि लागू औषध (ड्रग्स) दुर्व्यवसनमाथि सचेतना कार्यक्रमको साथमा सेलेसियस कलेजको पत्रिकाको लोकार्पण सम्पन्न भएको छ। यस कार्यक्रममा सोनादा ट्राफिक पुलिसका ओसी सबिन दर्नाल, सोनादा पुलिस आउट पोष्टको प्रभारी विवेक छेत्री,‌ एसआई सुनिल प्रधान, सलेसियन कलेजका उप प्राचार्य टेरेन्स लेप्चा लगायत अन्यहरु उपस्थित रहेका थिए। हालका दिनहरूमा बढ्दो धेरै गाडी दुर्घटनाका कारण धेरै धेरै मानिसहरूले आफ्नो ज्यान गुमाईरहेका छन् र थुप्रै परिवारहरू पीडित भइरहेका छन्। त्यसरी नै लागूऔषध दुर्व्यसनले विशेष गरी युवा पुस्ताको जीवन बर्बाद गर्दै उनीहरूको भविष्य र परिवारको सुख शान्तिमा गम्भीर असर पुर्‍याइरहेको छ। यही गम्भीर अवस्थालाई मध्यनजर गर्दै ड्रग्स सेवन र रोकथाम विषयमा जनचेतना अभिवृद्धि गर्ने तथा जिम्मेवार व्यवहार अप्नाउन प्रेरित गर्ने उद्देश्यले यस सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रमका क्रममा सडक सुरक्षा तथा सवारी दुर्घटनाका दुष्परिणामसम्बन्धी छोटो वृत्तचित्र (डोकुमेन्ट्री) प्रदर्शन गरिएको थियो। यस कार्यक्रममा कलेजका विद्यार्थीहरु, सुभिक भोलेन्टियरहरु, पुलिस कर्मचारीहरु र अन्यहरु उपस्थित रहेका थिए।

About Author

Advertisement