खरसाङमा भाजपा नारी मोर्चाद्वारा तीज पर्व पालन

IMG-20260914-WA0112

खरसाङ: खरसाङमा भारतीय जनता पार्टीको भातृ संगठन नारी मोर्चाको आयोजनामा हरितालिका तीज कार्यक्रम आयोजना गरिएको छ। खरसाङको सुपर मार्केटमा रहेको सार्वजनिक भवनमा सम्पन्न भएको कार्यक्रमलाई बिन्नी पोद्दार र पूर्णिमा गुरुङ गुप्ताले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण नारी मोर्चाको १२ मण्डलकी अध्यक्षा दिपिका प्रधान प्रसादले राखेकी थिइन्। यस तीज कार्यक्रममा नारी मोर्चाको दार्जिलिङ जिल्ला ईन्चार्ज सुसना छेत्री, दार्जिलिङ जिल्ला अध्यक्षा रोमा छेत्री, १२ मण्डल सभापति दिक्षा तामाङ, १२ मण्डलकी अध्यक्षा दिपिका प्रधान प्रसाद लगायत अन्यहरु उपस्थित रहेका थिए।

कार्यक्रममा तीज विषयमा विभिन्न कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। यसको साथै विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement