शहबाज शरीफले ट्रम्पलाई भेट्ने

इस्लामाबाद : पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले संयुक्त राष्ट्र महासभा (यूएनजीए) को सत्रमा सहभागी हुने क्रममा सेप्टेम्बर २३ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले सेप्टेम्बर २३ को साँझ न्युयोर्कस्थित लोटे न्युयोर्क प्यालेस होटलमा महासभामा सहभागी राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि रात्रिभोज आयोजना गर्दैछन्।
उच्चपदस्थ स्रोतका अनुसार उक्त रात्रिभोजमा सहभागी हुन प्रधानमन्त्री शरीफलाई निमन्त्रणा प्राप्त भएको छ। कार्यक्रममा विभिन्न देशका नेताहरू सहभागी हुने भएकाले शरीफलाई अन्य राष्ट्राध्यक्ष तथा सरकार प्रमुखसँग द्विपक्षीय तथा आपसी चासोका विषयमा छलफल गर्ने अवसरसमेत मिल्नेछ।
शरीफ रात्रिभोजको एक दिनअघि न्युयोर्क पुग्ने र सेप्टेम्बर २५ मा संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सम्बोधनका क्रममा उनले भारतले सिन्धु जलसन्धि स्थगित गरेको विषयलाई प्राथमिकताका साथ उठाउन सक्ने बताइएको छ।

About Author

Advertisement