तीनधारेमा लागु औषधिको दुरुपयोग सम्बन्धमा सामुदायिक सचेतना कार्यक्रम

a4ecf4d2-3ce6-4371-bd6e-8dcc04c5a8f3

खरसाङ (१२ सेप्टेम्बर): तीनधारेमा लागु औषधिको दुरुपयोग सम्बन्धमा सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रम सन्त जोहन चर्च तीनधारे पास्टोरेट पूर्वीय हिमालय डायोसिस उत्तर भारतको आयोजनामा तीनधारेको महात्मा गान्धी हलमा सम्पन्न भएको छ‌। उक्त सचेतना कार्यक्रमलाई रेभरेन्ट राजेन केरकेट्टाको शुरुको प्रार्थनाद्वारा शुरु गरिएको थियो भने स्वागत सम्भाषण एमपी तामाङले राखेका थिए। रुथरानी राईले सञ्चालन गरेको कार्यक्रममा सन्त जोहन चर्चका युवाहरुले प्रशंसा अनि आराधनामा अगुवाई गरेका थिए।

लागु औषधिको दुरुपयोग सम्बन्धमा सामुदायिक सचेतना कार्यक्रममा अतिथिका रुपमा उपस्थित पास्टर बोनी तामाङले ड्रग्स सेवनको लत र यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने विषयमा सचेतनामूलक वक्तव्य राखेका थिए। उनले आफ्नो जीवनको उदाहरण दिन्दै आफुले २५ वर्षसम्म ड्रग्सको लतमा परेर धेरै गुमाएको अनि धेरै नोक्सान भएको बताए। उनले ड्रग्सको लतबाट छुटकारा पाउनु पर्ने बताए। पास्टर बोनि तामाङले सचेतना गराउँदै भने, ड्रग्स सेवनमा लाग्नु सजिलो छ तर छोड्न कठिन हुन्छ। शुरुमा ड्रग्स सेवन गर्दा नि:शुल्क खुवाउँछ सबैले तर पछि खान थालेपछि आफ्नो पैसामा खानुपर्छ र पैसाको लागि नराम्रो काम गर्नु थाल्नुपर्छ।’
उनले आफुले २५ वर्ष ड्रग्स सेवन गरेको र धेरै कुराहरु बिगारेको र जीवनमा धेरै कुराहरु गुमाएको पनि बताएका छन्। त्यसैले ड्रग्स सेवनबाट छुटकारा पाउनुपर्छ भनी बताएका छन्। उनले आवश्यकता अनुसार प्रार्थना पनि गरिदिएका थिए। कार्यक्रममा सन्त जोहन चर्चका युवाहरुले गीत प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्रोत वक्ताको रुपमा उपस्थित उत्तमदान गुरुङले ड्रग्समाथि सचेतना जगाउँदै काउन्सेलिङ पनि गरेका थिए। कार्यक्रममा धन्यवादको कार्यक्रम मार्थारानी राईले गरेकी थिइन् भने‌ धन्यवाद ज्ञापन बिजयादान गुरुङले‌ राखेकी थिइन्। यस सचेतना कार्यक्रममा तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरु लगायत अन्य स्थानहरुबाट पनि मानिसहरु उपस्थित रहेका थिए।

About Author

Advertisement