त्रिपूरा: मुख्यमन्त्री डा. साहाद्वारा रक्तदान शिविरको निरीक्षण तथा रक्तदाताहरूको प्रोत्साहन

FB_IMG_1789220244840

​अगरतला/धलेश्वर: त्रिपूराका मुख्यमन्त्री डा. माणिक साहाले धलेश्वरस्थित रामकृष्ण मिसनद्वारा आयोजित स्वेच्छिक रक्तदान शिविरमा उपस्थिति जनाई रक्तदाताहरूलाई प्रोत्साहन गरेका छन्।
​सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मुख्यमन्त्री साहाले श्री रामकृष्ण परमहंसदेव र स्वामी विवेकानन्दको जगत् कल्याणको आदर्शबाट प्रेरित भई मानव सेवाको यस महान् कार्यमा सहभागी हुने सम्पूर्ण रक्तदाता तथा आयोजकहरूप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गरेका छन्।
​रामकृष्ण मिसन परिसरमा आयोजित उक्त शिविरमा मुख्यमन्त्री साहाले स्वयं पुगेर रक्तदान गरिरहेका दाताहरूसँग कुराकानी गर्दै उनीहरूको हौसला बढाएका थिए। यस अवसरमा मिसनका सन्त-महन्त तथा स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement