अगरतला/धलेश्वर: त्रिपूराका मुख्यमन्त्री डा. माणिक साहाले धलेश्वरस्थित रामकृष्ण मिसनद्वारा आयोजित स्वेच्छिक रक्तदान शिविरमा उपस्थिति जनाई रक्तदाताहरूलाई प्रोत्साहन गरेका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मुख्यमन्त्री साहाले श्री रामकृष्ण परमहंसदेव र स्वामी विवेकानन्दको जगत् कल्याणको आदर्शबाट प्रेरित भई मानव सेवाको यस महान् कार्यमा सहभागी हुने सम्पूर्ण रक्तदाता तथा आयोजकहरूप्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गरेका छन्।
रामकृष्ण मिसन परिसरमा आयोजित उक्त शिविरमा मुख्यमन्त्री साहाले स्वयं पुगेर रक्तदान गरिरहेका दाताहरूसँग कुराकानी गर्दै उनीहरूको हौसला बढाएका थिए। यस अवसरमा मिसनका सन्त-महन्त तथा स्थानीय जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।





