भाजपा सिक्किमद्वारा चार जिल्लाका जिल्लापाललाई औपचारिक सूचना पत्र हस्तान्तरण

FB_IMG_1789142967576

गान्ताेक: ​आगामी ‘सेवा सेतु अभियान’ को पूर्वतयारी स्वरूप भारतीय जनता पार्टी (भाजपा) सिक्किमले पाकिम, सोरेङ, नाम्ची र गेजिङका जिल्लापाल (डिष्ट्रिक्ट कलेक्टर) हरूलाई कार्यक्रमसम्बन्धी औपचारिक सूचना पत्र बुझाएको छ।

​यस अभियानको मुख्य उद्देश्य तल्लो स्तरसम्म जनसम्पर्क सुदृढ बनाउनुका साथै भारत सरकारका विभिन्न जनकल्याणकारी योजना तथा सेवाहरूबाट योग्य लाभार्थीहरूलाई सीधा लाभान्वित गराउनु रहेको छ।
​जनतासम्म कल्याणकारी योजनाहरूको पहुँच सहज बनाउन र सेवा सेतु अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न भाजपा सिक्किमले जिल्ला प्रशासनहरूसँग निरन्तर समन्वय गरी अघि बढ्ने जनाएको छ।

About Author

Advertisement