जलपाईगुडी: प्रधानाध्यापकमाथि कुटपिट गर्ने विद्यार्थीलाई टीसी दिन शिक्षा मन्त्रीको कडा निर्देशन

Screenshot_20260911_225655_Google

जलपाईगुडी: ​पश्चिम बंगालका विद्यालय शिक्षा मन्त्री दीपक बर्मनले जलपाईगुडी जिल्ला विद्यालयका प्रधानाध्यापकमाथि हातपात गर्ने दोषी विद्यार्थीहरूलाई तत्काल स्थानान्तरण प्रमाणपत्र (टीसी) दिएर कडा कारबाही गर्न निर्देशन दिएका छन्।
​प्राप्त जानकारीअनुसार मन्त्री बर्मनले शिक्षा विभागका जिल्ला निरीक्षक (डीआई) लाई घटनामा संलग्न विद्यार्थीहरूको पहिचान गरी शनिबारभित्रै उनीहरूलाई टीसी थमाउन स्पष्ट आदेश दिएका हुन्।
​शिक्षक दिवसका अवसरमा आयोजना गरिएको विशेष भोजलाई लिएर प्रधानाध्यापक र विद्यार्थीहरूबीच विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा स्थिति हातहालहालसम्म पुगेको बताइन्छ। विद्यार्थीहरूको एक समूहले गरेको कुटपिटबाट प्रधानाध्यापकको टाउकोमा गम्भीर चोट लागेको छ भने सोही झडपका क्रममा केही विद्यार्थीहरूसमेत घाइते भएका छन्।

About Author

Advertisement