अशारिका फाउन्डेसनद्वारा सहयोग

29f91e3e-ced8-4479-9abd-ecdfe164ba43

सोनादा: अशारिका फाउन्डेसनले मगरजोङ चिया बगानको बाउन गाउँ निवासी एउटै परिवारका तीनजना बिरामीलाई पन्ध्र हजार (१५,०००) रुपियाँ आर्थिक सहयोग प्रदान गरेका छन्।सहयोग प्राप्त गर्नेहरूमा कविता प्रधान स्तन क्यान्सरबाट पीडित, दिलीप प्रधान विगत १७ वर्षदेखि स्नायुसम्बन्धी समस्याबाट पीडित, इन्दु प्रधान अटिजम भएकी गम्भीर स्वास्थ्य समस्याबाट पीडित आदि रहेका छन्। यस परिवारलाई सहयोग गर्ने माध्यम बन्न पाएकोमा आशारिका फाउन्डेसन ईश्वरप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ भनी जानकारी प्राप्त भएको छ। यस विषयमा सेवा नै मानवताको सबैभन्दा ठूलो धर्म हो भनी आशारिका‌ फाउण्डेशनको तर्फबाट बताइएको छ‌।

About Author

Advertisement