अगरतला: राष्ट्रिय शिक्षक दिवसको हार्दिक शुभकामना

IMG-20260905-WA0099

त्रिपुरा: डा. मानिक साहले आफनो फेसबुक मार्फ़त राष्ट्रिय शिक्षक दिवसको विशेष अवसरमा भारतका महान् दार्शनिक, प्रख्यात शिक्षाविद् तथा पूर्वराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनप्रति गहिरो श्रद्धाका साथ स्मरण तथा सम्मान अर्पण गरे।
उहाँले फेसबुकमा शिक्षकहरू समाज र राष्ट्र निर्माणका वास्तविक शिल्पकार हुन्। उहाँहरूको ज्ञान, संस्कार, मूल्य–मान्यता, आदर्श र प्रेरणाले भावी पुस्ताको मार्गलाई उज्यालो बनाउँछ। शिक्षा र मानवताको यस महान् अभियानमा समर्पित सम्पूर्ण शिक्षक–शिक्षिकाप्रति हार्दिक सम्मान, अभिनन्दन तथा शुभकामना व्यक्त गर्दछु भन्नु भयो।
उहाँले अगाडि भन्नु भयो ”राज्यको शिक्षा प्रणालीलाई अझ गुणस्तरीय, प्रभावकारी र सुदृढ बनाउन सरकारले अघि सारेका विभिन्न पहलहरूसँगै शिक्षक–शिक्षिकाहरूको निष्ठा, त्याग, अथक परिश्रम र अतुलनीय योगदान अत्यन्त महत्वपूर्ण र अनुकरणीय रहेको छ’।
उहाँले ज्ञानको ज्योति फैलाउँदै समाज र राष्ट्रको उज्ज्वल भविष्य निर्माणमा निरन्तर समर्पित सम्पूर्ण शिक्षक–शिक्षिकाहरूप्रति हार्दिक कृतज्ञता, सम्मान तथा नमन व्यक्त गर्दै राष्ट्रिय शिक्षक दिवसको हार्दिक शुभकामना ब्यक्त गर्नु भयो।

About Author

Advertisement