रसुवा भोटेकोशी बाढी: १,२९० जनाको शव फेला, ४,७९८ अझै वेपत्ता

IMG-20260903-WA0166

काठमाडौँ: रसुवाको भोटेकोशी क्षेत्रमा आएको बिनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बाढीका कारण हालसम्म १,२९० जनाको शव फेला परेको छ भने ४,७९८ जना अझै वेपत्ता रहेका छन्।
​उद्धार कार्यका लागि नेपाल प्रहरीका ७,९१२ जना सुरक्षाकर्मी खटिएका छन्। बाढीका कारण ६५ जना प्रहरी नै प्रभावित भएका छन् भने २५ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
​फेला परेका शव तथा पहिचानको अवस्था
​फेला परेका कुल १,२९० शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन्। साथै ५३२ जनाको आंशिक अङ्ग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। फेला परेकामध्ये ९२६ जनाको शव व्यवस्थापन (जमिनमा गाड्ने काम) गरिसकिएको छ।
​पहिचान खुल्न नसकेका १०६९ जनाको विवरण वेबसाइटमा अपलोड गरिएको छ। साथै, पहिचानका लागि १,१४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १,८६२ जनाको डीएनए संकलन गरिएको छ।
​बेपत्ता र उद्धारको स्थिति
​बेपत्ता रहेका कुल ४,७९८ जनामध्ये स्वदेशी २,८४७ (२,३६९ पुरुष, ४७८ महिला र १,३५० फोनमार्फत जानकारी प्राप्त) र ६०१ जना विदेशी नागरिक रहेका छन्।
​बाढी प्रभावित क्षेत्रबाट हालसम्म कुल ८,१८७ जनाको उद्धार तथा उपचार गरिएको छ। जसमा स्वदेशी ७,०९० (४,६१८ पुरुष, २,४७२ महिला) र विदेशी १,१०७ (९०३ पुरुष, १५२ महिला, ५२ नखुलेको) रहेका छन्। हाल ३,६३१ जनालाई सुरक्षित होल्डिङ सेन्टरमा राखिएको छ।
​प्रहरीले प्रभावित क्षेत्रमा १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४१,७२६ जनालाई सहभागी गराएको छ। क्षेत्रमा खोजी, उद्धार तथा राहतको कार्य अझै निरन्तर जारी छ।

About Author

Advertisement