दार्जिलिङ भाजपा प्रतिनिधि मण्डलद्वारा कोलकातामा आयोजित राज्यस्तरीय ‘सेवा संकल्प अभियान’ मा सहभागिता

8882f9ab-bf65-4201-805b-2b69fca67bd5

दार्जिलिङ: भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला संगठनका नेताहरूको एक प्रतिनिधि मण्डलले बिहीवार कोलकातास्थित विश्व बङ्ला कन्भेन्शन सेन्टरमा आयोजित राज्यस्तरीय ‘सेवा संकल्प अभियान’ मा सहभागिता जनाएका छन्। पश्चिम बंगालका विभिन्न क्षेत्रबाट आएका भाजपा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सेवा, जनकल्याण तथा सामाजिक विकासप्रति पार्टीको प्रतिबद्धतालाई विशेष जोड दिइयो। दार्जिलिङबाट सहभागी प्रतिनिधि मण्डलमा दार्जिलिङ जिल्ला महासचिव सुजेन्द्र राई, भाजपा राज्य समिति सदस्य हरि निरौला, दार्जिलिङ जिल्ला युवा अध्यक्ष निरज बान्तवा राई, जिल्ला महिला मोर्चा अध्यक्ष रोमा छेत्री, मिडिया इन्चार्ज योवन गुरुङ तथा सामाजिक सञ्जाल इन्चार्ज चन्दन प्रसाद रहेका थिए। राज्य स्तरीय कार्यक्रममा वरिष्ठ भाजपा नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा पश्चिम बंगालका मुख्यमन्त्री सुभेन्दु अधिकारी, भाजपा राज्य अध्यक्ष तथा सांसद शमिक भट्टाचार्य, अमित मालवीय, सांसद सञ्जय जायसवाल, अमिताभ चक्रवर्ती तथा लोकेट चटर्जी लगायतका नेताहरूको सम्बोधन गरेका थिए। कार्यक्रममा वक्ताहरूले तल्लो तहसम्म संगठनात्मक सम्पर्कलाई थप सुदृढ बनाउँदै जनकल्याणका विषयमा निरन्तर ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

यसको साथै, सेवामुखी गतिविधि तथा सामाजिक र विकासात्मक लक्ष्य हासिल गर्न सामूहिक प्रयासको आवश्यकतामाथि पनि प्रकाश पारियो। राज्य स्तरीय कार्यक्रममा दार्जिलिङ जिल्ला नेतृत्वको सहभागिताले भाजपा दार्जिलिङ संगठनको पार्टीका व्यापक राज्यस्तरीय कार्यक्रम तथा संगठनात्मक गतिविधिहरूप्रतिको सक्रिय सहभागितालाई प्रतिबिम्बित गरेको बताइएको छ। दार्जिलिङ भाजपा प्रतिनिधिहरूले ‘सेवा’लाई संगठनको मूल प्रतिबद्धताका रूपमा आत्मसात् गर्दै जनकल्याण, विकास तथा तल्लो तहसम्म जनसम्पर्कलाई थप सुदृढ बनाउन सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘सेवा नै हाम्रो संकल्प हो र जनकल्याण हाम्रो प्राथमिकता हो,” नेताहरूले बताए।

About Author

Advertisement