मेघालय: भारतीय टोलीमा मेघालयका रिकी: मुख्यमन्त्री संगमाद्वारा बधाई

FB_IMG_1788371910673

शिलांग: मेघालयका फुटबलर रिकी जोन सबङ आगामी सेप्टेम्बर-अक्टोबर ‘फिफा इन्टरनेसनल विन्डो’अन्तर्गत हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २६ सदस्यीय भारतीय राष्ट्रिय फुटबल टोलीमा परेका छन्।
​मेघालयका मुख्यमन्त्री उनलाई बधाई ज्ञापन गर्दै यो सम्पूर्ण राज्यका लागि गर्वको क्षण भएको बताएका छन्। मुख्यमन्त्रीले सामाजिक सञ्जालमा लेख्दै रिकीको कडा परिश्रम, प्रतिभा र समर्पणको प्रशंसा गरेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा भारतको प्रतिनिधित्व गर्न लागेका रिकीको सफल यात्राका लागि मुख्यमन्त्रीले शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement