खरसाङमा गोरामुमोको संगठन विस्तार जारी

IMG-20260902-WA0115

पूर्व पञ्चायत प्रधान रवि प्रधान र रोहित मोक्तान पार्टीमा सामेल

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको आयोजनामा खरसाङ बजारस्थित पार्टी कार्यालयमा सांगठनिक एवं समर्थन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पूर्व पञ्चायत प्रधान रवि प्रधान तथा रोहित मोक्तान गोरामुमोमा सामेल भएका छन्। खरसाङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, खरसाङ शहर समष्टि अध्यक्ष अञ्जय छेत्री, टुंग सन्तमेरिज समष्टिका अध्यक्ष मदन छेत्री लगायत ब्राञ्च कमिटीका प्रतिनिधिवर्ग तथा पार्टी कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा नवप्रवेशी रवि प्रधान र रोहित मोक्तानलाई पार्टीमा स्वागत गरिएको हो। कार्यक्रममा ब्राञ्च कमिटी अध्यक्ष निमा लामा तथा सचिव युद्ध छेत्रीले नवप्रवेशीहरूलाई खदा लगाई पार्टीमा स्वागत गर्दै सफल राजनीतिक एवं सांगठनिक यात्राका लागि शुभकामना व्यक्त गरे। गोरामुमोमा दुई नयाँ व्यक्तित्वको प्रवेशलाई खरसाङ क्षेत्रमा पार्टीको सांगठनिक गतिविधि विस्तार र जनसमर्थन थप मजबुत हुँदै गएको संकेतका रूपमा हेरिएको छ।

पछिल्लो समय गोरामुमोले विभिन्न समष्टि तथा शाखाहरूमा सांगठनिक भेटघाट, सभा तथा जनसम्पर्क अभियानलाई तीव्रता दिँदै संगठनलाई तल्लो तहसम्म सुदृढ बनाउने अभियान अघि बढाइरहेको छ। पार्टीमा भएको यो नयाँ प्रवेशले खरसाङ क्षेत्रमा गोरामुमोको सांगठनिक आधार थप फराकिलो बनाउन महत्वपूर्ण भूमिका खेल्ने पार्टीसम्बद्ध प्रतिनिधिहरूले विश्वास व्यक्त गरेका छन्।

About Author

Advertisement