गोरुबथान युथ्सको तत्वाधानमा सम्पूर्ण गोरुबाथानबासीद्वारा प्रार्थना एवम् श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

IMG-20260902-WA0049

गोरुबथान: छिमेकी राष्ट्र नेपाल वर्तमान समयमा प्रकृतिक प्रकोपको शिकार बनेको छ।धेरै गाउँ बस्ती बजार बाढीमा परेर तहसनहस बनेको छ।अनेकौ मानिसहरु घरबारविहिन बने भने कैयौ मानिसहरुले आफ्नो ज्यान पनि गुमाएका छन्।यो दुःखलाग्दो क्षणमा गोरुबथानबासीले पनि आज मौन जुलुस निकालेर बजार परिक्रमा गरी भानु चोकमा मृतात्माहरुको आत्म शान्तिको लागि प्रार्थना सभा तथा श्रद्धाञ्जली अर्पण गरे।गोरुबथान युथ्सको तत्वाधानमा सम्पन्न यस श्रद्धाञ्जली कार्यक्रममा गोरुबथानका विभिन्न संघ संस्था, समाज, क्लब, विभिन्न राजनैतिक दलका कार्यकर्ता,समाजसेवीहरुले गोरुबथान धर्मशालादेखि हातमा मोमबत्ती बोकेर मौनताको साथ भानु चोकसम्म पदयात्रा गरे।भानु चोकमा श्रद्धाञ्जली सभामा बौद्ध धर्मका धर्म गुरुद्वारा बाढीमा ज्यान गुमाएका मानिसहरुको आत्म शान्तिको लागि प्रार्थना गरियो।

About Author

Advertisement