भुजेल समाजको त्रैमासिक सभा सम्पन्न

8c03468e-d04b-4cb0-b5e6-8d83412587dc

खरसाङ: भुजेल समाज घुम्ती, महानदी तिरसठ लाइन,गिद्ध पहाड अनि टुंग शाखाको त्रै-मासिक साधारण सभा भुजेल समाज घर घुम्तीमा सभापति महेन्द्र भुजेलको सभापतित्वमा सम्पन्न गरियो। सभामा उपयुक्त सबै स्थानबाट सदस्यहरू उपस्थित थिए। सभामा सचिव कप्तान श्याम कुमार खवास (अवकाशप्राप्त) द्वारा समाजको पुरानो नियमवालीलाई कार्यकारिणी सदस्यहरूद्वारा संसोधन गरी बनाएको १३ पेजको नियमवाली पढेर सुनाए अनि त्यसको प्रतिलिपि वितरण पनि गरियो। सभामा सचिवद्वारा वर्तमान डिजिटल युगमा आफ्नो अधिकार अनि सरकारी सहुलियत प्राप्त गर्न हेतु चाहिने व्यक्तिगत कागजातहरू के के हुनुपर्छ त्यसको जानकारी गराउँदै सूची तयार गरी सबै सदस्यहरूलाई वितरण गरियो। कोषाध्यक्षद्वारा आय-व्ययको फाँटवारी सुनाए। सर -सामानहरूको निरीक्षण गरियो अनि चाहिने सामानहरूको सूची बनाई खरिदारी गर्ने निर्णय लियो। सभामा जनगणना २०२७ को निम्ति फर्म भर्दा अनिवार्य के के विवरण दिनु पर्ने त्यसप्रति पनि चर्चा गरियो। आगामी पुँगाल पारीम (भुजेलहरुको महान पर्व) मनाउने विषयमा पनि जानकारी गरियो। सभामा उप सभापतिद्वारा समाजको मासिक शुल्क संग्रह माथि पनि चर्चा गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement