जेसीबी लिटरेरी अवार्ड-को दौड़मा नेपाली उपन्यास, सर्ट लिस्टमा पुग्यो ‘सङ अफ दी सोयल’

IMG-20221023-WA0266.jpg

कालेबुङ: छुदेन काविमोको उपन्यास ‘फातसुङ’-को अङ्ग्रेजी अनुवाद “सङ अफ दी सोयल” जेसीबी साहित्यिक पुरस्कार २०२२-को उत्कृष्ट पाँचको सूचीमा परेको छ। कलकतामा शुक्रवार सम्पन्न भएको एउटा कार्यक्रमबीच जेसीबीले ‘सङ अफ दी सोयल’ उत्कृष्ट पाँच अर्थात् ‘सर्ट लिस्ट’मा परेको घोषणा गरेको हो।
काविमोको उपन्यास फातसुङलाई अजित बरालले अङ्ग्रेजीमा अनुवाद गरेका हुन्। भारतमा रचना बुक्सले प्रकाशित गरेको सोही उपन्यासको अङ्ग्रेजी संस्करण राष्ट्रिय स्तरको साहित्यिक पुरस्कारको सर्ट लिस्टमा परेको हो। भारतीय नेपाली साहित्यबाट फातसुङ नै प्रथम चोटि जेसीबी साहित्यिक पुरस्कारमा परेको हो।

शुक्रवार कलकतामा सम्पन्न भएको सर्ट लिस्ट घोषणा कार्यक्रममा उपस्थित ज्युरी सदस्यहरूले ‘सङ अफ दी सोयल’लाई ‘आख्यानले हिंसालाई पुनः सिर्जना नगरी कसरी हिंसात्मक घटनाको बारेमा लेख्न सकिन्छ’ भन्ने ज्वलन्त उदाहरणको रूपमा वर्णन गरेका थिए। सर्ट लिस्टमा पर्न साथ ‘सङ अफ दी सोयल’ले एल लाख रुपियाँ नगद राशि पुरस्कारको रूपमा पाउने छ अनुवादकले पचास हजार रुपिया पाउने छ। उत्कृष्ट पाँच मध्ये छानिएका एउटा पुरस्कार जित्ने छ भने जुन उपन्यासका लेखकले २५ लाख रुपियाँ अनि अनुवादकले थप दस लाख रूपिया पाउने छन्।
पाँच वर्षको इतिहासमा पहिलो पटक जेसीबी पुरस्कारको सर्ट लिस्टमा अनुवाद आख्यानहरू मात्र अटाइएको छ। शुक्रवार घोषणा गरिएको सर्ट लिस्टमा परेका पाँच वटा आख्यानहरूले पाँच वाटै भाषाका साहित्य बङ्गला, उर्दू, मलयालम, हिन्दी र नेपाली-लाई प्रतिनिधित्व गरेका छन्। आफ्नो आख्यानको अनुवाद मात्र नभएर देशकै सर्वोत्कृष्ट साहित्यिक पुरस्कारको सर्ट लिस्टमा परेको बारे प्रतिक्रिया व्यक्त गर्दै आख्यानकार छुदेन काविमोले भने – यो फातसुङ मात्र नभएर सम्पूर्ण भारतीय नेपाली साहित्यको सफलता हो।जस- मार्फत देशको मूलधारको साहित्य माझ हाम्रो सिमानाकृत भाषा र साहित्यले पनि उभिने अवसर पाएको छ। कालेबुङको सानो गाऊँ मलबुङबाट सुरु भएको “सङ अफ दी सोयल” ले सन् १९८० को दशकको उत्तरार्धमा छुट्टै गोर्खाल्याण्ड राज्यको लागि गरिएको आन्दोलनको कथालाई जीवन्त बनाएको छ। जेसीबी साहित्यिक पुरस्कारको अन्तिम घोषमा १९ नोभेम्बरको दिन दिल्लीमा हुनेछ।

सर्ट लिस्टमा परेका पुस्तकहरू छुदेन काविमोको ‘सङ अफ दी सोयल’, मनोरञ्जन ब्यापारीको ‘इमान’, खालिद जावेदको ‘प्याराडाइज अफ फुड’, सिला टमीको ‘भ्याल्ली’ र गीताञ्जली श्रीको ‘टम अफ स्यान्ड’ हुन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *