स्व. कृष्णकुमार राई फुटबल टुर्नामेन्ट अनि विविध कार्यक्रमको साथमा सम्पन्न

IMG-20221023-WA0269.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको पञ्चवत्ती उच्चत्तर माध्यमिक विद्यालयको प्रांगणमा शेल्पु गेम्स एण्ड स्पोर्टस् कमिटीको आयोजनामा सम्पन्न स्व कृष्णकुमार राई नक-आउट फुटबल टुर्नामेन्ट छत्र खवासको सभापतित्वमा एवं समाजसेवी बिक्रम राईको प्रमुख अातिथ्यमा विभिन्न कार्यक्रमहरूको साथमा समापन भएको छ। आजको खेलमा सर्वप्रथम प्रदर्शनी म्याचको रूपमा लाठपञ्जार भेट्ररेन बनाम शेल्पु भेटरेनमाझ खेल भएको थियो। यस खेलको निर्धारित समयसम्म दुवै दलले कुनै गोल गर्न नसक्दा ट्राई ब्रेकरद्वारा शेल्पु भेटरेनलाई ३ को विरूद्ध ४ गोल गरेर लाठपञ्जार भेटरेनले बिजय हाँसिल गरेको छ। त्यसरी नै आजको प्रमुख फाइनल खेलमा कालीझोडा फुटबल क्लबलाई १ गोलको विरूद्ध ३ गोल गरेर थाम फुटबल क्लबले यस वर्षको बिजय ट्रफी साथै नगदराशि पुरस्कार ₹. ७०,००० हत्याउन सफल भएको छ भने पराजय दलले ट्रफीको साथमा ₹. ४०,००० मै सन्तुष्ट हुनपर्यो। आजको प्रमुख निर्णायक अमित खवास थिए भने सह निर्णायकमा अरमान मुखिया अनि आदित्य खवास थिए।आयोजक कमिटीद्वारा सामाजिक, शैक्षिक, खेलकूद एवं सञ्चार क्षैत्रमा लागिपरेका व्यक्तित्वहरूलाई सम्बर्ध्दना पनि गरियो भनी सिटोङबाट सुशिल मुखियाले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *