यूएस ओपनको पहिलो राउण्डमै हारै नोवाक जोकोविच

IMG-20260831-WA0048

न्यूयोर्क: पूर्व नम्बर एक खेलाड़ी नोवाक जोकोविचको निम्ति यूएस ओपनको शुरुवात नै पीढ़ादायक रह्यो। रेकर्ड २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने प्रयासमा रहेका सर्बियाका दिग्गज खेलाड़ीले सालको चौथो ग्राण्ड स्ल्याम टुर्नामेण्टको पहिलो राउण्डमै अर्जेण्टिनाका मेरियानो नवोनेविरुद्ध हारको सामना गर्नु पऱ्यो। लगभग ४ घण्टासम्म चलेको म्याचमा २५ वर्षीय नवोनेले ३९ वर्षीय जोकोविचलाई ७-६, ५-७, ६-४, २-६, ६-१-ले पराजित गरी ठूलो उलटफेर गरे। यो नवोनेको करियरको सबैभन्दा ठूलो जीत हो। यस जीतको साथ उनले रेकर्ड बुकमा पनि आफ्नो नाम दर्ता गराए। उनी २००६ पछि अर्थात गत २१ सालमा कुनै ग्राण्ड स्ल्यामको पहिलो राउण्डमा जोकोविचलाई पराजित गर्ने पहिलो खेलाड़ी बने। आर्थर ऐश स्टेडियममा खेलिएको म्याचमा जोकोविचलाई शुरुवातदेखि नै शारीरिक समस्याहरूसँग जुझिरहेको देखियो। स्टेडियमको छाना बन्द गरिएको हुनाले उनलाई शीरमा बारम्बार बरफको ब्याग राखिरहेको देखियो। न्यूयोर्कको चरम आद्रताबीच उनलाई असहज देखियो। स्टेडियमको छाना बन्द गरिएपछि उनले सुपरवाइजरसँग एसी चलाउने विषयमा पनि सोधखोज गरे। तेस्रो सेटमा समस्या झन् बढ़्यो अनि छैटौं गेमको अवधि जोकोविचले धेरैपल्ट उल्टी पनि गरे। शरीरले साथ नदिए पनि उनले खेल जारी राखे। परिस्थिति कठिन भए पनि उनले हार नमानी अन्तसम्म लड़ाँ गरे। म्याचको पाँचौं तथा निर्णायक सेटमा चाहिँ जोकोविचलाई सम्पूर्ण रूपले थकित देखियो। नवोनेले ४-१-को बढ़त हासिल गर्दा सर्बियाई खेलाड़ीको ऊर्जा समाप्त भएको स्पष्ट देखियो। त्यस समय जोकोविचले कोर्टमा आँशु रोक्न सकेनन्। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम विजेताको निम्ति त्यो भावुक क्षण थियो। उनकी पत्नी जेलेनालाई पनि दर्शक दीर्घामा चिन्तित देखियो। यसबीच नवोनेले धैर्य कायम राखे अनि निर्णायक सेट ६-१-ले जितेर जोकोविचको संघर्षमा विराम लगाए। उल्लेखनीय छ, जोकोविच न्यूयोर्कमा आफ्नो २५औं एकल ग्राण्ड स्ल्याम खिताब जित्ने लक्ष्य लिएर ओर्लिएका थिए। यसबाहेक उनी यूएस ओपनमा जिमी कोनर्सको सर्वाधिक ९८ वटा म्याच जित्ने रेकर्डलाई तोड़नदेखि केवल ४ जीत टाढ़ा थिए तर यसपाली पहिलो राउण्डमा पराजित भएर उनको अभियान समाप्त भयो।

About Author

Advertisement