खरसाङ: खरसाङ महकुमाको महानदी ग्राम पञ्चायत अन्तर्गत घुम्ती चिया कमानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टमा चाँद एफसी तीनधारे र ऋषि सेभेनले आफ्नो आफ्नो खेल जितेर क्वाटर फाइनलमा स्थान पक्का गरेको छ। घुम्ती स्पोर्टिङ क्लबको आयोजनामा गत २५ सेप्टेम्बरदेखि शुरू भएको नगदराशि फुटबल टुर्नामेन्टमा जम्मा ३० वटा दलहरूले भाग लिएका थिए। यसै टुर्नामेन्ट अन्तर्गत आज दोस्रो चरणको अन्तिम दुईवटा खेल धेरै दर्शकहरूको उपस्थितिमा सम्पन्न भएको छ। प्रथम खेल चाँद एफसी बनाम अँगापे रहिणीमाझ सम्पन्न भएको थियो। पहिलो हाफको सातौं मिनटमा नै अँगापे रोहिणीको तर्फबाट सुशील राईले प्रथम गोल गरेर चाँद एफसी तीनधारेलाई धेरै दवाब बनाएको थियो भने अँगापे रोहिणीको डिफेन्डरलाई ध्वस्त पर्दै चाँद एफसीले छ गोल लगातार रूपमा गरेर अन्त्यमा रोहिणीको तर्फबाट फेरि एक गोल बाबु धिमालले गरेका थिए। तर बढ़त बनाउन नसक्दा हारको सामना गर्नु पर्यो।
यसरी चाँद एफसीले जीत हाँसिल गरेर क्वाटर फाईनलमा स्थान बनाएको छ। बिजेता दलबाट लिटोन र पियुश ठकुरीले दुई दुई गोल गरे भने रोनो र सुनिलले एक एक गोल गरेका थिए। घुम्ती चियाबारीमा सम्पन्न भईरहेको नगदराशि खुल्ला फुटबल टुर्नामेन्टको दोस्रो खेल ऋषि सेभेन महानदी बनाम रोयल एफसी मान्नाबीच भएको थियो। तर खेल पनि एकतर्फी खेलको साथ ऋषि सेभेनले ४-० को अन्तरले खेल जितेर क्वाटर फाईनलमा जग्गा पक्का गरेको छ। बिजेता दलबाट नेहाल सेवा र गाबो शेर्पाले एक एक गोल गरे भने लाक्पा वाईबाले दुई गोल गरेका थिए। यस नगगराशि फुटबल टुर्नामेन्टमा बिजेता दललाई एक लाख अनि उप विजेता दललाई पचास हजार नगदराशि प्रदान गरिने भनी घुम्ती स्पोर्टिङ क्लबको सचिव प्रवीण दर्नालले जानकारी गराएका छन्।