तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा अन्तर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न

IMG-20221023-WA0245.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको विद्यार्थीहरूलाई लिएर फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। विद्यालयको अन्तर हाउस फुटबल टुर्नामेन्ट जुनियर र सिनियर गरेर दुईवटा क्याटोगरीमा सम्पन्न गरिएको थियो। यसमा जुनियर क्याटोगरीमा रेड हाउस बिजयी र ब्ल्यु हाउस उप विजेता बनेको थियो भने सिनियर क्याटोगरीमा यल्लो हाउस बिजयी र रेड हाउस उप विजेता बनेका छन्। यस खेलमा सभाध्यक्षको रूपमा वरिष्ठ शिक्षक देबेन्द्र लामा अनि प्रमुख अतिथिको रुपमा स्कूल सञ्चालन समितिको सचिव अमीत प्रधान उपस्थित रहेका थिए। त्यसरी नै विशिष्ट अतिथिको रुपमा सागरमणि वाईबा र अन्य अतिथिहरूमा स्कूल सञ्चालन समितिको सदस्यहरू उपस्थित रहेका थिए।

यस अन्तर हाउस फुटबल टुर्नामेन्टमा जूनियर क्याटोगरीमा म्यान अफ् द टुर्नामेन्ट छैटौं श्रेणीका सोया तामाङ बने भने सिनियर क्याटोगरीमा म्यान अफ् द टुर्नामेन्ट सेरजन तामाङ बनेका छन्। त्यसरी नै जुनियर क्याटोगरीमा सर्वाधिक गोलदाताको खिताब अाठौं श्रेणीका मध्य सुब्बा अनि सिनियर क्याटोगरीमा सर्वाधिक गोलदाताको खिताब सानडुप शेर्पाले जितेका छन्। त्यसरी नै म्यान अफ् द म्याच जुनियर क्याटोगरीमा पाँचौं श्रेणीका रोनाक दर्जी अनि सिनियर क्याटोगरीमा म्यान अफ् म्याच गौरव तामाङ भएका छन्। यस अन्तर हाउस फुटबल टुर्नामेन्टमा बेस्ट गोलकिपरको रूपमा जुनियरबाट अाठौं श्रेणीका अन्स छेत्री अनि सिनियर क्याटोगरीमा बेस्ट गोल किपर पेम्बा शेर्पा भएका छन्। यस कार्यक्रमलाई वरिष्ठ शिक्षक टिकादत्त गिरीले सञ्चालन गरेका थिए भनी तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको सह शिक्षक देवेन मंगरले जानकारी दिएका छन्।

About Author

Advertisement