मंगपू गोल्ड कपः आमुक्त परिवार सजिलै फाइनलमा

IMG_20221023_185810.jpg

२३ अक्टोबरः मंगपू युथ क्लबको तत्त्वावधानमा आयोजित मंगपू गोल्ड कप फूटबल टुर्नामेण्ट २०२२-मा सिलगढ़ीको आमुक्त परिवारले आशानुरुप सजिलै जीत हासिल गरी फाइनलमा स्थान बनायो। मंगपू जन मैदानमा आइतवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा आमुक्त परिवारले ईष्टर्न रेलवे (काेलकत्ता)-लाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट मासुके, स्टीफन र विशाल छेत्रीले १-१ गोल गरे। अब ३० अक्टोबरमा हुने फाइनलमा म्यानेजर प्रदीप छेत्रीको मार्गदर्शनमा रहने आमुक्त परिवारले शक्तिशाली दार्जीलिङ पुलिसको चुनौती स्वीकार्नेछ। टुर्नामेण्टको फाइनल ३० अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement