गान्तोक: आज मिन्तोकगाङस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङको सरकारी आवासमा बाहुलीद्वारा ‘कुसुले मारूनी’ नामक एउटा म्यूजिक एल्बम सार्वजनिक गरे। कुसुले मारूनी’को निर्देशन ओम प्रकाश सेवाले गरेका हुन्।
मुख्यमन्त्रीले नेपाली संस्कृति र पारम्परिक कला प्रदर्शन गर्ने उक्त म्यूजिक भिडियो तयार गर्ने सम्पूर्ण टोलीको प्रयासको सराहना गरे। उनले पुरानो नेपाली परम्पराको अभिनव प्रस्तुतिको साक्षी बन्न पाएकोमा हर्ष व्यक्त गरे। यसै गरी, मुख्यमन्त्रीले भिडियो एल्बममा प्रत्येक कलाकारहरूको अभिनयको पनि सराहना गरे।
यस अवसरमा मुख्यमन्त्रीका सल्लाहकार टीएन ढकाल, सडक एवं पुल विभागका मुख्य अभियन्ता हरि शंकर शर्मा, म्यूजिक भिडियोका निर्माता, कलाकार आदि पनि उपस्थित थिए।











