भारतद्वारा नेपालमा बाढीपीडितका लागि राहत सहयोग विस्तार

IMG-20260827-WA0083

नयाँ दिल्ली: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नेपालमा बाढीबाट प्रभावित नागरिकका लागि भारतले आपत्कालीन राहत सहयोग थप विस्तार गरेको छ। हिजो भारतीय वायुसेनाको (आइएएफ ) सि -१३० जे विमानमार्फत १० टन आपत्कालीन राहत सामग्री नेपाल पठाइएको थियो। आज दिल्लीस्थित हिन्दनबाट ३५ टनभन्दा बढी थप राहत सामग्री बोकेको सि -१७ ग्लोबमास्टर विमान नेपालका लागि प्रस्थान गर्दैछ। यसबाहेक थप सि -१७ र सि -१३० विमानमार्फत आवश्यक राहत सामग्री पठाउने तयारी गरिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टरसमेत परिचालन गर्न तयारी अवस्थामा राखिएका छन्। भारतीय वायुसेनाले संकटको अवस्थामा तीव्रता, दक्षता र समन्वयका साथ काम गर्दै बाढी प्रभावित नेपाली नागरिकसम्म आवश्यक राहत पुर्‍याउने प्रयास गरिरहेको छ। भारतको यस सहयोगले विपद्को समयमा नेपालप्रति उसको ऐक्यबद्धता र मानवीय प्रतिबद्धता स्पष्ट गरेको छ।

About Author

Advertisement