एम्बाप्पेको ह्याट्रिकले शीर्ष स्थानमा पुग्न सफल रियल म्याड्रिड

063d9566-c110-4741-82cc-0f5f48494da7

म्याड्रिड: रियल म्याड्रिडले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा आफ्नो लय कायम राख्दै लगातार दोस्रो जीत हासिल गऱ्यो। बुधवार राति खेलिएको म्याचमा रियल म्याड्रिडले रियल सोसिएदादविरुद्ध ४-१-ले जीत हासिल गऱ्यो। रियल म्याड्रिडको यस जीतमा स्टार स्ट्राईकर कीलियन एम्बाप्पे नायक रहे, जसले यादगार ह्याट्रिक दर्ता गरे। आफ्नो घरेलु मैदान सेण्टियागो बर्नब्यूमा ५१ प्रतिशत बल पोजेशनको साथ खेल्ने रियल म्याड्रिडको निम्ति एम्बाप्पेले ४०औं मिनटमा पहिलो गोल गरे तर रियल सोसिएदादले पनि चाँड़ै बराबरी हासिल गऱ्यो। लुका सुसिचले ४४औं मिनटमा गोल गरेर स्कोर १-१-को बराबरीमा पुऱ्याए। दोस्रो हाफको खेलमा रियल म्याड्रिडको धलिमलि रह्यो। यस अवधि फ्रान्सीसी फूटबलर एम्बाप्पेले ६०औं र ८०औं मिनटमा गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे। यसरी विनिसियस जूनियरले ६८औं मिनटमा गोल गरे। यस जीतको साथ रियल म्याड्रिड २ वटा म्याचमा ६ अंकको साथ गोल अन्तरको आधारमा ला लीगा अंक तालिकाको शीर्ष स्थानमा रहन पुग्यो। नयाँ मुख्य प्रशिक्षक जोसे मुरिन्होको मार्गदर्शनमा रियल म्याड्रिडको निम्ति नयाँ सीजनको शुरुवात असल रहेको छ। यसरी ला लीगाको अन्य एउटा म्याचमा रियल बेटिसले भेलेन्सियाविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। विजेता टोलीको तर्फबाट एकमात्र गोल पाब्लो गार्सियाले ८३औं मिनटमा गरे।

About Author

Advertisement