रवाङ्लामा ‘युवा कनेक्ट’ कार्यक्रम सम्पन्न

FB_IMG_1787854357150

खेलकुद, नेतृत्व र राष्ट्र निर्माणमा युवाको भूमिकामा जोड

नाम्ची: युवा मामिला तथा खेलकुद मन्त्रालय (भारत सरकार) को ‘मेरो युवा भारत’ (माई भारत) र पीएम श्री भि.सी. गन्जु लामा सरकारी वरिष्ठ माध्यमिक विद्यालय, रवाङ्लाको एनएसएस एकाइको संयुक्त आयोजनामा आज रवाङ्लामा ‘युवा कनेक्ट’ कार्यक्रम सम्पन्न भएको छ। खेलकुद, युवा विकास, नेतृत्व र राष्ट्र निर्माणका विषयमा सार्थक संवाद गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
​कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव (नाम्ची जिल्ला) विष्णु शर्मा ‘युथ आइकन’ तथा मुख्य अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा विद्यालयका प्रिन्सिपल बी.एल. क्षेत्री, खेलकुद आइकन (फुटबल) अनुज क्षेत्री, खेलकुद आइकन (धनुर्विद्या) देवराज राई, माई भारतका जिल्ला अधिकारीहरू, एसएमसी अध्यक्ष टीका सुवेदी, एनएसएस परियोजना अधिकारी नामग्याल शेर्पा लगायत शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।
​’खेलो इन्डिया डाइलग’ अन्तर्गत चयन गरिएको यस कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भर्चुअल सम्बोधन प्रस्तुत गरिएको थियो। त्यसपछि जिल्लास्तरीय युवा संवाद तथा स्थानीय खेलाडीहरूसँग अन्तर्क्रिया आयोजना गरियो, जहाँ विकसित भारत २०४७ को अवधारणाबारे छलफल भयो।
​सम्बोधनका क्रममा मुख्य अतिथि विष्णु शर्माले विद्यार्थी तथा युवाहरूलाई आफ्नो क्षमता पहिचान गरी ठूलो सपना देख्न र राष्ट्र विकासमा योगदान दिन आग्रह गरे। खेलकुद पदक जित्नका लागि मात्र नभई चरित्र निर्माण, अनुशासन, नेतृत्व र दृढ सङ्कल्पका लागि आवश्यक रहेको उनले बताए। सिक्किमका युवाहरूलाई उपलब्ध अवसरहरूको सही सदुपयोग गर्दै स्वस्थ, अनुशासित र राष्ट्रिय हितमा समर्पित रहन उनले आह्वान गरे।

About Author

Advertisement