आईसीसी टी२० वर्ल्ड कपः पाकिस्तान विरुद्ध भारतको रोमाञ्चक जीत

IMG-20221023-WA0228.jpg

२३ अक्टोबरः भारतले आईसीसी टी२० वर्ल्ड कपको ग्रुप २-को म्याचमा आइतवार चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई ४ विकेटले पराजित गऱ्यो। ऐतिहासिक मेलबर्न क्रिकेट मैदान (एमसीजी)-मा खेलिएको यस रोमाञ्चक म्याचमा पाकिस्तानले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बटुल्यो। जवाफमा भारतले २० ओभरमा ६ विकेट गुमाेर १६० रनको लक्ष्यलाई हासिल गऱ्यो। भारतको तर्फबाट चेज मास्टर-को नामले चिनिने विराट कोहलीले ५३ बलमा ६ वटा चौका र ४ वटा छक्काको सहायताले अविजित ८२ रन बनाए। यसबाहेक अलराउण्डर हार्दिक पाण्ड्याले ३७ बलमा २ वटा छक्का र एउटा चौकाको साथ ४० रन बनाए। केवल ३१ रनमा ४ विकेटको पतनपछि हार्दिक र पाण्ड्याले मिलेर टीमलाई जीतको नजिक पुऱ्याए। यी दुईले पाँचौं विकेटको निम्ति ११३ रनलो म्याच जिताउने साझेदारी गरे। पाकिस्तानका बलरहरूमा हेरिस राउफले २ विकेट लिए।

यसअघि पाकिस्तानले पनि खराब शुरुवातपछि शान मसूदको अविजित ५२ अनि इफ्तिखार अहमदको ५१ रनको सहायताले चुनौतीपूर्ण स्कोर बनायो। ओपनरद्वय बाबर आजम (०) र मोहम्मद रिजवान (४)-लाई शुरुमै गुमाएपछि मसूद र अहमदले तेस्रो विकेटको निम्ति ७६ रनको साझेदारी गरे। मसूदले ४२ बल खेलेर ५ वटा चौका लगाए। यसरी नै अहमदले ३४ बल खेलेर ४ वटा छक्का र २ वटा चौका लगाए। यी दुई बाहेक शाहीन शाह अफरीदीले ८ बलमा १६ रन बनाए। भारतीय बलरहरूमा अर्शदीप सिंह र हार्दिक पाण्ड्याले ३-३ विकेट लिए। कोहलीलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement