एक व्यक्ति आग्नेयास्त्रसितै पक्राउ

5079.jpg

सिलगढी: तिहारको माहोलमा चारैतर्फ रमझम चलिरहेको छ।दिपावलीको एक दिन अघि धनतेरशको बेलुकी मतिगढा पुलिसले एकजना व्यक्तिलाई आग्नेयास्त्रसितै पक्राउ गरेको छ ।पुलिसले पक्राउ गरेको व्यक्ति हिमाचल बिहार निवासी बिजय खत्रीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार बिजय खत्री गत राति एउटा देशी कट्टा लिएर खपरेल बजार इलाकामा घुमिरहेको गोप्य सूचना पाएपछि मतिगढ़ा थाना पुलिसले अभियान चलाएर बिजय खत्रीलाई देशी कट्टा सहित पक्राउ गरेको बताइएको छ। गैर कानुनी रूपमा हतियार राखेको आरोपमा पुलिसले आरोपीलाई आज सिलगढी अदालतमा पेश गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

Advertisement