सिलगढी: सिलगढी महानगरीय प्रहरीको विशेष अभियान समूह र सिलगढी भक्ति नगर थानाको पुलिसले गुप्तचर सूचनाको आधारमा विशेष अभियान चलाएर १ किलो ५०० ग्राम ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार तस्करलाई भक्तिनगर प्रहरी चौकी अन्तर्गतको शहीद नगर क्षेत्रबाट पक्राउ गरिएको हो। तस्करको नाम विकास मण्डल रहेको बताइएको छ। उनी मालदाका बासिन्दा हुन् ।उनको साथबाट बरामद भएको ब्राउन सुगरको बजार मूल्य करिब ३ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।