सिलगढीको २८ नम्बर वार्डमा काली पुजाको चन्दालाई लिएर झमेला

IMG_20221023_171626.jpg

सिलगढी: सिलगढीको २८ नम्बर वार्डमा आज काली पुजाको चन्दा संग्रहलाई लिएर भएको झमेलाले उत्तेजनाको माहौल देखापर्यो। जानकारी अनुसार सिलगढीको २८ नम्बर वार्डको टिकियापाडा इलाकाको एक नम्बर मातङ्गिनी हाजरा कोलनी पुजा कमिटीको तर्फबाट काली पुजाको आयोजना गरुएको छ। पुजा कमिटीको तर्फबाट यस क्षेत्रमा चन्दा संकलन पनि गरियो। पुजा कमिटीले आफ्नो इच्छा अनुसार पुजाको चन्दाको माग गरेको साथै माग अनुसार चन्दा नदिँदा कुटपीट गरेको आरोप रहेको छ। इलाकाका सुरेश माहातोको आरोप अनुसार पुजा कमिटीले १० हजार रुपियाँ चन्दाको माग काटेको थियो।यति रुपियाँ आफुले दिन नसक्ता पुजा कमिटीका दुईजना सदस्य अबोध गिरी र विजय गिरीले तिनको छोरालाई कुटपीट गर्यो। यस अवधि परिवारका सदस्यहरूले यसको विरोध गर्दा महिलाहरूसित समेत दुर्व्यवहार साथै कुटपीट गरेको तिनले बताए। हाल उक्त परिवारका ३ जना सदस्य सिलगढी जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा छन्। घटनाबारे सिलगढी थानामा लिखित अभियोग दर्ता गरिएको छ। अर्कोतिर, अबोध गिरी र विजय गिरीले आफूहरूमाथि लगाएको सबै आरोपहरू झुटो रहेको दावी गरे। तिनीहरूले बताएअनुसार सुरेश माहातोले जुन चन्दाको रसिद देखाउँदैछ त्यो ३ वर्ष पुरानो हो। सबै आरोपहरू झुटो हो। घटनाको खबर पाएर काउन्सिलर सम्प्रीता दास आज बिहान इलाकामा गएर दुई पक्षको कुरा सुने। तिनले मामिलाबारे छानबीन गरिरहेको बताइन्।

About Author

Advertisement